मे ६
नेपाली विकिपीडियाबाट
मे ६ ग्रेगोरियन पात्रोको एक दिन हो।
[परिवर्तन्] २००७
फ्रान्समा मे ६ मा भएको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार निकोलास सार्कोजी बिजयी भए । दोस्रो चरणको निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरे । यसैगरी उनका प्रतिद्वन्दी समाजबादी पार्टीका उम्मेद्वार सेगोलेन रोयलले ४७ प्रतिशत मत हासिल गर्न सफल भइन । सेगोलेन रोयलको फ्रान्सको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सपना मे ६ को निर्वाचन संगै अन्त भएको छ । मे ६ आइतबार भएको निर्वाचनमा फ्रान्समा लगभग ८५ प्रतिशत मत खसेको थियो । यो निर्वाचनमा चार करोड ४५ लाख जनताले मतदानको अधिकार प्राप्त गरेका थिए । जसलाई फ्रान्सको इतिहासमै अत्यन्त उत्साहजनक मानिएको छ ।
पहिलो चरणको राष्ट्रपति पदको निर्वाचन गत अप्रिल २२ तारिखमा भएको थियो । पहिलो चरणमा १२ उम्मेद्धारले प्रतिस्पर्धा गरेका थिए । जसमा चार महिला थिए । राष्ट्रपति पदमा बिजयी भएपछि उनलाई अमेरिका देखि बेलायतका राष्ट्रपति जर्ज डब्लु बुश देखि बिश्वका बिभिन्न मुलुकका राष्ट्राध्यक्षहरुले बधाइ दिएका छन् ।
राष्ट्रपति पदको चुनाबको मतदान बेलुका ६ बजे सकिएको थियो । मतदानको नतिजा दुइ घन्टा भित्रै प्राप्त भएको थियो । यस निर्वाचनमा अप्रिल २२ को पहिलो चरणको चुनाबमा जस्तै फ्रान्स र फ्रान्स बाहिर रहेका स साना टापुका बासिन्दाले समेत मतदानमा भाग लिएका थिए । अष्ट्रेलिया देखि अमेरिकी महादेशका बिभिन्न भूभागहरुमा फ्रान्सको अधिराज्य फैलिएको छ । यो चुनाबमा भारतको पाण्डुचेरी नगरका नागरिकले समेत मतदान गरेका थिए । जुन भुभाग सन् १९६० सम्म फ्रान्सको अधिनमा थियो ।
राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै सार्कोजीले आफू सारा फ्रान्सलेहरुको राष्ट्रपति बनेको बताएका छन् । सेगोलेनका समर्थकहरुप्रति इंगित गर्दै उनले आफ्नो जित कुनै व्यक्ति वा पार्टी बिशेषका बिरुद्ध नभएको बरु फ्रान्सको परिवर्तनका निम्ति भएको उल्लेख गरे । भविष्यमा उनले बिश्वतापमानको मुद्दालाई प्रार्थमिकता दिने जनाएका छन् । उता सेगोलेन रोयलले आफ्नो हार स्विकार गर्दै यो चुनाब संगसंगै केहि बिशेष मुद्दाहरु उठेको र ति मुद्दाहरुलाई निरन्तरता दिने बताएकी छिन् ।