मदन पुरस्कार पुस्तकालय
नेपाली विकिपीडियाबाट
मदन पुरस्कार पुस्तकाल (मपुपु) नेपाली भाषाका पुस्तक, पुस्तिका र पत्रपत्रिकाहरुको एउटा आधिकारीक संग्रहस्थल अथवा अभिलेखालय हो । दक्षिण एशियाका करिव ३ करोड मान्छेको मातृभाषा/साझाभाषा रहेको नेपालीहरुका लागि यो एउटा तीर्थस्थल सरहनै हुनपुगेको छ । नाफा नगर्ने संस्थाका रुपमा स्थापित यो पुस्तकालय संवत् २०४२ सालमा श्री ५ को सरकारले संस्था दर्ता ऐन २०३४ अन्तर्गत ललितपुर जिल्ला कार्यलयबाट दर्ता पनि गरिदिएको छ । यसको दर्ता नं. ५/३०/०४२-४३ छ । सात सदस्यीय प्रवन्ध समिति र १६ सदस्यीय साधारण सभाद्वारा यसको संचालन भैरहेको छ । यसका सदस्यहरु नेपालका प्रतिष्ठत विद्वान्, तथा कविलेखकहरु छन् । आफ्नै नाम जुरेको अर्को संस्था, मदर पुस्कार गुठी संग निकट सम्पर्क रही यसले सहकार्य पनि गर्दै आइरहेको छ ।
संस्था दर्ता ऐन अन्तर्गत २०४२ सालमा मात्र पञ्जिकृत भएता पनि २०१३ साल देखि नै यसले स्थायी रुपले काम गर्दै आएको छ । अझ यसको जन्म त १९९७-९८ साल तिर नै "कमलको नेपाली संग्रह” भनी सूक्ष्म रूपमा भैसकेको थियो भन्ने मान्नु पर्छ । किनभने, २०१२ सालमा रानी जगदम्बाले मदन पुरस्कार गुठीको स्थापना गरेपछि, त्यसै अनुरुप नेपाली भाषाको सेवा गर्न, उक्त संग्रह कै नाम मदन पुरस्कार पुस्तकालयमा परिवर्तन गरिएको थियो ।
२०१२ साल देखिका चार दशक जति मपुपु किताव र पत्र पत्रिकाहरुको संग्रह गर्ने, सुरक्षित पार्ने र संग्रहलाई ‘डिवी’ (Dewey) प्रणालीअनुसार वर्गीकृत गर्ने कार्य भै लागीरहयो । त्यसै अनुरूप यसले निरन्तर प्रगति गर्दै आयो, विशाल बन्दै आयो । नयाँ आधुनिक नेपालीहरुलाई सुहाउने किसिमले यसले आफूलाई सुधार्दै ल्याएको छ।
स्कुलमा पढ्ने एउटा केटाले आफूलाई खाजा खान दिएको पैसाबाट बचाएर किनेका किताबहरुको संग्रहबाट शुरुभएको त्यो निर्धो पुस्तकालयलाई २०१५ सालमा केही रकम रानी जगदम्बाबाट प्राप्त भयो र यो हलक्क बढ्न सकेको हो । ऐले त त्यही ‘संग्रह’ शुरु गर्ने ‘केटा’ले (ऐलेको भाउले दुइकरोड रुपया जति पर्ने) घर-जग्गा नै पुस्तकालयका नाममा रजिष्ट्रेशन पाश गरी दान पनि दिएको छ । यो दान दिने त्यो ‘केटो’ कमलमणि दीक्षित, ऐले पुस्तकालयका अध्यक्ष भएका छन् ।