केशर पुस्तकालय
नेपाली विकिपीडियाबाट
केशर पुस्तकालय नेपालको एक सरकारी पुस्तकालय हो जुन सुरूमा केशर समशेरको निजी पुस्तकालय थियो । यो काठमाण्डौको केशर महल भवनमा शिक्षा तथा खेलकुद मन्त्रालय संगै रहेको । केशर समशेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि वि.सं. 2026 देखि केशर पुस्तकालयको रूपमा संचालन हुँदै आएको छ । यो हाल शिक्षा ताथा खेलकुद मन्त्रालय अन्तरगत संचालन भैरहेको छ । उक्त पुस्तकालयमा हाल 50,000 वटा पुस्तक, कागजात तथा अन्य महत्वपूर्ण संकलनहरू छन् ।